जीवनशैली, भर्खरै, मनोरञ्जन, व्यापार, समाचार, समाचार

नेपाल टेलिकमको नयाँ अफर : वार्षिक ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट

३०, असोज २०८३ शुक्रबार 

काठमाडौँ – सरकारी स्वामित्वको नेपाल टेलिकमले वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। टेलिकमले आजदेखि लागू हुने गरी सहुलियत दरमा नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको हो।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने ग्राहकलाई लक्षित गर्दै सहुलियत दरको नयाँ प्याकेज सार्वजनिक गरेको छ।

टेलिकमका अनुसार ‘फाइबर टु द होम’ (FTTH) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ–६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध गराइनेछ। जसअनुसार ३० एमबीपीएस गतिको इन्टरनेटको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, इन्टरनेट र टेलिफोनसहितको वार्षिक प्याकेजअन्तर्गत १०० एमबीपीएसको शुल्क ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको १६ हजार ४९९ रुपैयाँ तोकिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

Advertisement

टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ। साथै, नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्कसमेत नलिने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमका यी सबै नयाँ अफर आजदेखि लागू हुनेछन्। सहुलियत दरका प्याकेजले ग्राहकलाई कम शुल्कमा उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0