१७ साउन २०८२ शनिबार
बाँके, नेपालगन्ज – लेखक तथा मानवशास्त्र विषयका प्राध्यापक गोकर्ण शाहीको आयोजनामा नेपालगन्जमा “अबको अवसर र रोजगारी” विषयमा युवाहरूसँग विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपालगन्जको समग्र विकासमा युवाको भूमिका, अवसर र उनीहरूको वर्तमान अवस्था बारे केन्द्रित छलफलमा विभिन्न वडास्तरिय तथा नगरस्तरिय युवा क्लब, सञ्जाल र संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख आयोजक गोकर्ण शाहीले युवालाई राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति र अग्रगामी परिवर्तनका वाहकको रुपमा परिभाषित गर्दै भने,
“यदि देश बदल्नुछ भने युवालाई सही दिशा दिनुपर्छ, किनभने यही पुस्ता हो जसले अबको समाज निर्माण गर्छ।”
कार्यक्रममा सहभागी प्रमुख युवा प्रतिनिधिहरू:
अभिशेष भट्ट, वडा स्तरीय क्लब अध्यक्ष, नेपालगन्ज वडा नं. १२
मिथलेश पासी, वडा स्तरीय युवा सञ्जाल अध्यक्ष, वडा नं. २२
आनन्द कुमार बर्मा, नगर स्तरीय युवा क्लब सञ्जाल अध्यक्ष, वडा नं. १५
प्रीयान्शी रावल, वडा स्तरीय युवा क्लब सञ्जाल अध्यक्ष, वडा नं. १
जेबा बानो शेष, नगर स्तरीय युवा क्लब सहसचिव, वडा नं. ५
नुरजहाँ राई, नगर स्तरीय युवा क्लब सञ्जाल उपाध्यक्ष, वडा नं. २
राहुल आर्या, वडा स्तरीय युवा क्लब सञ्जाल सचिव, वडा नं. १२
अर्पना सोडारी, युवा विद्यार्थी प्रतिनिधि, बर्दिया
ग्रीसा शाही, वडा स्तरीय युवा क्लब सञ्जाल उपाध्यक्ष, वडा नं. १२
सहभागी युवा नेताहरूले स्थानीय स्तरमा युवा मैत्री कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तालिम र सरकारी रोजगारी सम्बन्धी योजनाहरूको अभावप्रति चासो व्यक्त गर्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रमले युवाबीच एकता र समाधान खोजीमा टेवा पुर्याउने बताए।
कार्यक्रमको निष्कर्षमा सबै सहभागीले नेपालगन्जको दिगो विकास र युवाको समृद्ध भविष्य निर्माणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका थिए।