१६, भदौ २०८३ मगंलवार
बर्दिया, गुलारिया – गुलरिया नगरपालिका–११ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग अभियानमा हातेमालो गरेको छ।

विद्यालयको तर्फबाट गरिएको सहयोगलाई सार्वजनिक गर्दै अन्य विद्यालयहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिएको छ।
विद्यालयले आफ्नो पहलबाट थोरै–थोरै सहयोग जुटाएर पनि विपद् तथा समस्यामा परेका नागरिकलाई ठूलो राहत पुग्न सक्ने सन्देश दिएको छ।

विद्यालय परिवारले सबैको साझा प्रयासबाट मात्र देशको मुहार परिवर्तन गर्न सकिने भन्दै सहयोग र सहकार्यको भावना आवश्यक रहेको जनाएको छ।
“देशको मुहार फेरि चाँडै फेर्नुपर्ने छ, सबै मिले सरकारलाई पनि सजिलो हुन्छ,” भन्दै विद्यालय पक्षले अन्य शैक्षिक संस्थाहरूलाई समेत सहयोग अभियानमा जोडिन आग्रह गरेको छ।

गौरीशंकर माविको यो पहलले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र नभई सामाजिक सेवाका माध्यम पनि बन्न सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ।

