२४ साउन २०८२ शनिबार
नेपालगञ्ज – शाइनिङ स्टार इङ्गलिश मिडियम स्कुल (SSEMS)को आयोजनामा सम्पन्न प्रथम Academic Co-ordinator Cup-2082 पुरुष भलिबल प्रतियोगितामा हेमन्त वारियर्सले शानदार प्रदर्शन गर्दै उपाधि चुमेका छन्।
फाइनलमा हेमन्त वारियर्सले बिराज थन्डर्सलाई ३–० को स्पष्ट सेट अन्तरले पराजित गर्दै विजयी बनेका हुन्। खेल अवधिभर दर्शकको उत्साहपूर्ण उपस्थितिसँगै खेलाडीहरूको जोशिलो प्रदर्शनले वातावरण रोमान्चक बनेको थियो।
कार्यक्रमका सभापति तथा SSEMS का Academic Co-ordinator सन्देश केसीले खेलकुदले विद्यार्थीमा अनुशासन, टोली भावना र आपसी सम्मानको विकास हुने विश्वास व्यक्त गरे। कार्यक्रममा संस्थापक प्रिन्सिपल ओवेन्द्र केसी, राष्ट्रिय रेफ्री प्रकाश कुमार शर्मा, प्रकाश कुँवरसहित दर्जनौँ मान्यवरको उपस्थितिले प्रतियोगिताको गरिमा बढाएको थियो।
प्रतियोगितामा वर्तमान तथा पूर्व विद्यार्थीहरूको सहभागिताले नयाँ र पुराना पुस्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको आयोजक समितिले जनाएको छ।
पुरस्कार विजेता खेलाडीहरू
सर्वश्रेष्ठ खेलाडी – राज खड्का
सर्वश्रेष्ठ स्पाइकर – सोहेल केसी
सर्वश्रेष्ठ ब्लकर – बिराज रोकाया
सर्वश्रेष्ठ सेट्टर – हेमन्त बुढाथोकी
उदीयमान खेलाडी – शिवा दाँगी