समाचार, भर्खरै, समाचार

त्रिभुवन विमानस्थलबाट २ केजी कोकिनसहित ब्राजिलियन युवती पक्राउ

२३ साउन २०८२ शुक्रबार 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ केजी कोकिनसहित एक ब्राजिलियन महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। उनी ब्राजिलबाट दोहा हुँदै नेपाल आइपुगेकी थिइन्।

Advertisement

प्रहरीका अनुसार उनले आफ्नो ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर नेपाल भित्र्याएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनी नेपाल हुँदै भुटान जान लागिएको खुल्न आएको छ।

शंकास्पद गतिविधि देखिएपछि निगरानी बढाइएको र त्यसै क्रममा चेकजाँच गर्दा कोकिन फेला परेको प्रहरीले जानकारी दिएको छ।

हाल उनीमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0