खेलकुद

प्रथम प्रदेश सभा सदस्य क्रिकेट प्रतियोगिता २०८२ सम्पन्न, नेपालगंज वडा नं ०५ विजेता

७, जेठ २०८२ बुधबार 

इरफान अलि (अरसद)

बाँके, नेपालगन्ज – नेपालगंजमा सम्पन्न प्रथम प्रदेश सभा सदस्य क्रिकेट प्रतियोगिता २०८२ ले खेलप्रेमीहरूमा उत्साहको वातावरण सिर्जना गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालगंज वडा नं ०५ ले उपाधि हात पार्न सफल भएको छ।

फाइनल खेलमा नेपालगंज वडा नं १६ लाई पराजित गर्दै वडा नं ०५ विजेता बन्न सफल भयो। प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएको थियो।

प्रतियोगितामा व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सम्मान गरिएको थियो। सेहाबाज खान (वडा नं ०५) लाई प्रतियोगिताको उत्कृष्ट खेलाडी (Man of the Series) घोषित गरियो।

Advertisement

त्यसैगरी, मोहम्मद आयुब (वडा नं १६) ले उत्कृष्ट ब्याट्सम्यान को उपाधि प्राप्त गरेका थिए। दानिश खान (वडा नं ०५) लाई उत्कृष्ट बलर को रुपमा सम्मानित गरियो।

Advertisement

यस प्रतियोगिताले स्थानीय युवाहरूमा खेलप्रतिको रुचि र प्रतिभालाई उजागर गर्दै आगामी दिनमा अझ ठूलो स्तरको प्रतियोगिता आयोजना गर्ने प्रेरणा दिएको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0