समाचार

बाँकेमा ठूलो परिमाणमा गाँजा बरामद, तीन युवा पक्राउ

६, जेठ २०८२ मगंलवार 

बाँके, डुडुवा 

जिल्ला बाँकेको डुडुवा गाउँपालिका–४, लालापुर्वामा लागूऔषध गाँजा किनबेच हुँदै आएको भन्ने गोप्य सूचनाको आधारमा गरिएको अपरेशनबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

सुरक्षा स्रोतका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका–६ का २२ वर्षीय दिपेश चौरासिया, गाउँपालिका ऐ.ऐ. १४ निवासी १८ वर्षीय विनय सोनी र नहरपुर्वाका १८ वर्षीय आदर्श साहनी गाँजा कारोबारमा संलग्न रहेको पाइएको छ।

सुरक्षा टोलीद्वारा गरिएको छानबिनका क्रममा दिपेश चौरासियाको साथबाट ३ केजी गाँजा बरामद गरिएको छ। थप अनुसन्धानका क्रममा डुडुवा गा.पा.–४, लालापुर्वास्थित भागिराम खटिकको मानिस नबस्ने घरबाट १०० केजी र राधे खटिकको मानिस नबस्ने अर्को घरबाट ११ केजी गरी जम्मा ११४ केजी गाँजा बरामद गरिएको छ।

Advertisement

बरामद गाँजा सहित तीनै जना अभियुक्तलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Advertisement

लागूऔषध नियन्त्रणको अभियान अन्तर्गत बाँके प्रहरीले कडा निगरानी र कारवाहीलाई तीव्रता दिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0