समाचार

साउदी सरकारद्वारा नेपाललाई २५ टन खजुर सहयोग, मैत्री सम्बन्ध अझ प्रगाढ हुने विश्वास

५ जेठ २०८२ सोमबार 

काठमाण्डौ, जेठ  ५ — साउदी अरेबियाले नेपाल सरकारलाई २५ टन खजुर सहयोग गरेको छ। काठमाण्डौस्थित साउदी राजदूतावासमा आज आयोजित विशेष कार्यक्रममा उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

सहयोगस्वरूप प्रदान गरिएको खजुर नेपालभरका युवा विद्यार्थी, अनाथ बालबालिका तथा वृद्धाश्रमहरूमा वितरण गरिने जनाइएको छ। साउदी सरकारले यसलाई दुई देशबीचको मित्रता र मानवीय सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले गरिएको सौजन्य उपहारको रूपमा व्याख्या गरेको छ।

कार्यक्रममा गृहमन्त्रालयका उपसचिव छविलाल खड्काले साउदी सरकारको यस सहयोगले दुई देशबीचको आपसी समझदारी र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले भने, “यस प्रकारको सद्भाव र सहयोगले हाम्रो दीर्घकालीन कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ।”

Advertisement

साउदी सरकारको यो सहयोग रमदान महिनाको अवसरमा आएको हो, जुन इस्लाम धर्ममा परोपकार, सेवा र सहयोगको रूपमा विशेष महत्व राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement