जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

रसुवा बाढीपीडितका लागि बाँकेका १८ मस्जिदको सहयोग, प्रधानमन्त्री राहत कोषमा १ लाख ५८ हजार २३६ रुपैयाँ

१५, भदौं २०८३ सोमबार 

नेपालगञ्ज, बाँके । रसुवा लगायतका विभिन्न जिल्लामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि उलमा फाउन्डेसन बाँके नेपालको संयोजनमा संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।


बाँकेका १८ वटा मस्जिदबाट संकलित कुल रु. १ लाख ५८ हजार २३६ रुपैयाँ बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।


विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले मुस्लिम समुदाय, विभिन्न मस्जिदका इमाम, व्यवस्थापन समिति तथा सहयोगी दाताहरूबाट संकलन गरिएको रकमलाई एकीकृत गरी सरकारी राहत कोषमा हस्तान्तरण गरिएको उलमा फाउन्डेसन बाँके नेपालले जनाएको छ।


राहत अभियानको संयोजन उलमा फाउन्डेसन बाँके नेपालका अध्यक्ष मौलाना मोहम्मद नसीरुद्दीन अन्सारी साहबको अध्यक्षतामा गरिएको थियो। उहाँले विपद्को समयमा मानवता, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावना अझ बलियो बनाउनुपर्ने बताउँदै सहयोग गर्ने सबै मस्जिद, इमाम, व्यवस्थापन समिति तथा दाताहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

Advertisement


उलमा फाउन्डेसन बाँके नेपालले संकलित रकमलाई पारदर्शी रूपमा एकीकृत गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ। संस्थाले यस पहलमार्फत बाढी तथा विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

धार्मिक तथा सामाजिक संस्थाहरूबीच सहकार्य, मानवीय सेवा र विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यसहित गरिएको यो पहलले सामाजिक सद्भाव र सेवाभावको सकारात्मक सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement