जीवनशैली, भर्खरै, मनोरञ्जन, राजनीति, समाचार, समाचार

रसुवा बाढीको शोकमा पाल्पाली मिलन केन्द्रको तीज कार्यक्रम स्थगित, नवनिर्वाचित पदाधिकारी सम्मानित

१४, भदौ २०८३ आइतबार 

बाँके, नेपालगन्ज –  रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पाल्पाली मिलन केन्द्र नेपालगन्जले यस वर्षको औपचारिक तीज विशेष कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

केन्द्रका अध्यक्ष थानेश्वर पाण्डेयको अध्यक्षतामा २०८३ साल भदौ १३ गते बसेको कार्यसमिति पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको संयुक्त बैठकले राष्ट्रिय शोकको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै तीज कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो।


केन्द्रले सांस्कृतिक पर्वका रूपमा तीजको महत्व रहे पनि रसुवा बाढीबाट सिर्जित विपद् र पीडित परिवारप्रतिको संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको जनाएको छ।

बैठकले केन्द्रका निवर्तमान अध्यक्ष माधवप्रसाद पोख्रेल ‘एकीकृत सामाजिक सञ्जाल’ को अध्यक्ष तथा केन्द्रका सल्लाहकार विष्णुप्रसाद श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

Advertisement

नवनिर्वाचित दुवै पदाधिकारीको सफलता पाल्पाली मिलन केन्द्रका लागि गौरवको विषय भएको बैठकले निष्कर्ष निकालेको छ। उहाँहरूको सफल कार्यकालको कामना गर्दै केन्द्रका अध्यक्ष थानेश्वर पाण्डेय र कानुनी सल्लाहकार वसन्त गौतमले संस्थाको तर्फबाट खादा ओढाएर सम्मान गर्नुभएको थियो।

केन्द्रले सामाजिक एकता, सहकार्य र सेवाभावलाई निरन्तर अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement