१२, भदौ २०८३ शुक्रबार
बाँके, नेपालगञ्ज – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि समाजसेवी राजा खानले क्युआरमार्फत १ लाख रुपैयाँ आर्थिक सहयोग पठाएका छन्।

राजा खान नेपालगञ्जको तर्फबाट पठाइएको उक्त सहयोग रकम भोटेकोशी बाढीपीडितको राहत कोषमा जम्मा गरिएको हो। उक्त सहयोग बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत समन्वय गरिएको बताइएको छ।

विपत्तिको कठिन समयमा पीडित परिवारलाई राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको समाजसेवी राजा खानले बताएका छन्। उनले बाढीपीडितको पीडामा साथ दिन सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको कार्य जारी रहेको छ। समाजसेवी राजा खानले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएका छन्।

