१९ साउन २०८२ सोमबार
काठमाडौँ — चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
प्रसाईंविरुद्धको बैंकिङ अपराधसम्बन्धी मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन रहँदै आएको थियो। अब उनी धरौटी बुझाएर अस्थायी रूपमा रिहा हुने बाटो खुलेको छ।
यस निर्णयले बैंकिङ क्षेत्रका विवादमा संलग्न ठूला व्यवसायीमाथि न्यायालयको दृष्टिकोणबारे पुनः बहस जन्माउने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1