जीवनशैली, भर्खरै, समाचार, समाचार

बाँके प्रहरी प्रमुख एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार

३०, असोज २०८३ शुक्रबार 

बाँके, नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसी पूर्णशान्ति पुरस्कारबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जीसीलाई पुरस्कार प्रदान गरेका हुन्।

विभिन्न जटिल तथा गम्भीर आपराधिक घटनाको सफल अनुसन्धान र भन्सार सुरक्षाका क्रममा उदाहरणीय राजस्व संकलनमा योगदान पुर्‍याएको कदरस्वरूप उनलाई पूर्णशान्ति पुरस्कार प्रदान गरिएको जनाइएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि एसपी जीसीले इन्तजार मोहम्मद अरबी खाँको हत्या, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल अनुसन्धानको नेतृत्व गरेका थिए।

गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धान, फरार अभियुक्तको पक्राउ तथा सुरक्षा व्यवस्थापनमा उनले देखाएको सक्रियता र कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई पुरस्कृत गरिएको हो।

Advertisement

एसपी जीसीले प्राप्त गरेको यस पुरस्कारलाई बाँके प्रहरीको अनुसन्धान क्षमता, व्यावसायिक दक्षता र सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0