भर्खरै, व्यापार, समाचार, समाचार

बाँकेमा १५ लाख २९ हजारको अवैध सामान बरामद

२८, असोज २०८३ बुधबार 

बाँके, नेपालगन्ज – बाँकेमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको १५ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट खटिएको टोलीले असोज २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको डिउटीका क्रममा १५ लाख २९ हजार ७ सय रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामग्री, मोटर पार्ट्स, भाँडावर्तन, कस्मेटिक सामग्री, पेय पदार्थ, तरकारी, खाद्यान्न तथा फलफूल रहेका छन्।

Advertisement

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला परेका उक्त सामान आवश्यक कानुनी कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाहमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले जनाएको छ।

स्रोतः सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0