जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार

श्री मावि शाहपुर्वाका अवकाशप्राप्त प्रधानाध्यापक खाँलाई बिदाइ, नवनियुक्त प्रधानाध्यापकलाई स्वागत

२३, असोज २०८३ शुक्रबार 

कश्फुद्दुजा खान

बाँके, नेपालगन्ज –  बाँकेको डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाका अवकाशप्राप्त प्रधानाध्यापक बद्रे आलम खाँलाई बिदाइ तथा सम्मान गरिएको छ। विद्यालयमा ४० वर्ष १ महिना २१ दिनसम्म सेवा पुर्‍याएका खाँलाई शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बीच फूलमाला, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै सम्मानसहित बिदाइ गरिएको हो।

सोही कार्यक्रममा विद्यालयका नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत तथा बधाई दिँदै पद हस्तान्तरण गरिएको थियो।

डुडुवा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत (आठौँ तह) सञ्जय कुमार कर्णको प्रमुख आतिथ्य तथा सोही शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश–जाँगरको संयोजनले शैक्षिक संस्थालाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले अनुभवी शिक्षक तथा प्रधानाध्यापकले आर्जन गरेको ज्ञान र अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

अवकाशप्राप्त प्रधानाध्यापक बद्रे आलम खाँले आफ्नो लामो शैक्षिक सेवाका क्रममा हासिल गरेका अनुभवलाई सङ्ग्रहित गरी नयाँ पुस्तामाझ पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकसाथ अघि बढेमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

Advertisement

विद्यालयका शिक्षक खुमराज बोहोराले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्नु खाँ पठानको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न मदरसा, गुरुकुल तथा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी र कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0