भर्खरै, राजनीति, समाचार, समाचार

कोहलपुरका बालकुमार शर्मा केन्द्रबाट महाधिवेशन प्रतिनिधि बनेपछि देशभर चर्चा, द्वन्द्वपीडित र सहिद परिवारमा खुसी

२१, असोज २०८३ बुधबार 

बाँके, कोहलपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट द्वन्द्वपीडित आरक्षण कोटामा महाधिवेशन प्रतिनिधिमा छनोट भएका बालकुमार शर्मालाई अन्ततः केन्द्रीय तहबाटै महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ।

बाँके क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छनाेटमा अन्तिम समयमा शर्माको नाम हटाएर अर्कै व्यक्तिको नाम राखिएपछि उनी अन्यायमा परेका थिए।

क्षेत्रमा भएको उक्त निर्णयप्रति व्यापक असन्तुष्टि जनाइएपछि सभापति गगन थापाले हस्तक्षेप गर्दै शर्मालाई एक नम्बरमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छनोट गरी न्याय दिलाएका हुन्।

Advertisement

क्षेत्रीय स्तरमा अन्यायमा परेका शर्मालाई केन्द्रीय नेतृत्वले न्याय दिलाएर महाधिवेशन प्रतिनिधि छनोट गरेपछि यो विषय यतिबेला देशभरि नै चर्चाको केन्द्र बनेको छ।

शर्माको यस छनोटसँगै बाँके लगायत देशभरिका द्वन्द्वपीडित तथा सहिद परिवारका सदस्यहरूमा ठूलो उत्साह र खुसियाली छाएको छ।

पार्टीले वास्तविक द्वन्द्वपीडितको मर्म बुझेर न्यायपूर्ण निर्णय गरेको भन्दै सहिद परिवारका प्रतिनिधिहरूले खुसी व्यक्त गरेका छन्। शर्मा महाधिवेशन प्रतिनिधि छनाेट भएपछि स्थानीय कार्यकर्ताहरूमा समेत नयाँ आशा र उत्साह जगाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0