खेलकुद, भर्खरै, समाचार, समाचार

एसियन पेन्ट्स च्याम्पियन कप : उपाधिका लागि सगरमाथा नेपालगन्ज र गुरुकुल गण्डकी आमनेसामने

२१, असोज २०८३ बुधबार 

बाँके, नेपालगन्ज – एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत जारी अण्डर–१८ फुटबल प्रतियोगिताको प्रदेशस्तरीय फाइनल खेलमा लुम्बिनी प्रदेशको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकी प्रदेशको गुरुकुल विद्या सदन आमनेसामने हुने भएका छन्।

फाइनल खेल असोज २२ गते मंगलबार दिउँसो साढे ३ बजे नेपालगन्ज रंगशालामा हुने आयोजकले जनाएको छ। प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रिय चरणको यात्राका लागि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले बाँकेका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बनेको थियो। त्यसपछि दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेको हो।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको सगरमाथाले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि आफ्नो नाममा लेखाउने लक्ष्य राखेको छ। बाँकेबाट प्रदेशस्तरीय प्रतियोगिताको प्रतिनिधित्व गर्दै फाइनलसम्म पुगेकाले सगरमाथाको खेलप्रति नेपालगन्जका फुटबलप्रेमीको समेत विशेष चासो देखिएको छ।

अर्कोतर्फ गण्डकी प्रदेशको गुरुकुल विद्या सदनले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा १८ वर्षमुनिका प्रतिभाशाली खेलाडी रहेकाले फाइनल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका एमडी कौशलराज पाण्डेयले बताउनुभयो।

Advertisement

बाँकेका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बनेको सगरमाथा प्रदेश च्याम्पियन हुँदै केन्द्रिय च्याम्पियनको यात्रामा अघि बढेको हो। घरेलु मैदानमा समर्थकको साथ पाउने भएकाले खेलाडीहरू उत्साहित रहेको पाण्डेयको भनाइ छ।

फुटबलको विकाससँगै युवा प्रतिभालाई राष्ट्रियस्तरमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको अण्डर–१८ प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको छ।

Advertisement

प्रदेशस्तरीय चरणमा तीन टोलीबीच हुने प्रतिस्पर्धाबाट विजेता टोलीले काठमाडौंमा हुने केन्द्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपालगन्ज रंगशालामा हुने सगरमाथा र गुरुकुलबीचको फाइनलपछि अर्को चरणको प्रतिस्पर्धा पनि तय गरिएको आयोजकले जनाएको छ।

घरेलु मैदानमा सगरमाथाले उपाधि उचाल्ने हो वा गुरुकुलले बाजी मार्ने हो भन्ने विषयले अहिले नेपालगन्जका फुटबलप्रेमीको ध्यान तानेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0