२०, असोज २०८३ मगंलवार
काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मंगलबार औपचारिक रूपमा समाहित भएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न सशक्त राजनीतिक शक्तिको आवश्यकता रहेको निष्कर्षसहित राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको हो।

राजपा नेपालका संरक्षक हरिनारायण यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा संघीयता, पहिचान र अधिकार प्राप्तिका विभिन्न आन्दोलनमा रहेका राजनीतिक शक्तिबीच एकीकरण गर्ने उद्देश्यअनुसार यो निर्णय गरिएको उल्लेख छ।

राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णयलाई राजनीतिक एकीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

