जीवनशैली, भर्खरै, व्यापार, समाचार, समाचार

स्थानीय स्वाद र रोजगारीको आधार बन्दै नेपालगञ्जमा नयाँ रेष्टुरेन्ट सञ्चालन

०१, असोज २०८३ बिहीबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदौमा स्थानीय परिकारलाई प्राथमिकता दिने उद्देश्यसहित नोभा पोर्ट्रेट क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिहीबार आयोजित विशेष समारोहबीच रेष्टुरेन्टको औपचारिक शुभारम्भ गरिएको हो ।


रेष्टुरेन्टको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरूपमा गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख विष्टले नेपालमा प्रशस्त सम्भावना भए पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताउनुभयो । आफ्नै देशमा होटल, रेष्टुरेन्ट तथा क्याफे सञ्चालन गरी रोजगारी र व्यवसायका अवसर सिर्जना गर्नु सकारात्मक कदम भएको उहाँले उल्लेख गर्नुभयो ।


गुलरिया नगरपालिकाका प्रमुख यादवले नेपालगञ्जमा बढ्दो व्यावसायिक प्रतिस्पर्धाबीच नयाँ रेष्टुरेन्ट सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय परिकार र मौलिक स्वादलाई प्राथमिकता दिएर छुट्टै पहिचान बनाउन सकिने बताउनुभयो । ग्राहकको रुचि र स्थानीय स्वादलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन उहाँले सुझाव दिनुभयो ।

Advertisement

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय उत्पादन र परिकारलाई व्यावसायिकरूपमा प्रवर्द्धन गर्न सके किसान, उद्यमी र उपभोक्ता सबै लाभान्वित हुने बताउनुभयो । नयाँ व्यवसायले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।


सञ्चालक अभिषेक थारूको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका संस्थापक प्रमुख कृष्णा केसी, बर्दियाका व्यवसायी अमर भण्डारी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजिया, लियाना तालिम केन्द्रका अध्यक्ष भोदुराम थारूलगायतको उपस्थिति थियो ।

सञ्चालक थारूले रेष्टुरेन्टमा स्थानीय परिकारलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । स्थानीय स्वाद, गुणस्तरीय खाना र सहज वातावरणमार्फत ग्राहकलाई सेवा दिने उद्देश्य रहेको उहाँको भनाइ छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0