जीवनशैली, मनोरञ्जन, समाचार, समाचार

मोतीराम भट्टको १६१औँ जन्मजयन्तीमा नेपालगन्जमा बहुभाषिक गजल गोष्ठी

२९, भदौ २०८३ सोमबार 

बाँके, नेपालगन्ज – नेपाली साहित्यका अग्रणी व्यक्तित्व मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा नेपालगन्जमा बहुभाषिक गजल गोष्ठी सम्पन्न भएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जको अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजना तथा उर्दु साहित्यिक संस्था गुल्जार–ए–अदबको सहकार्यमा शनिबार महेन्द्र पुस्तकालयको सभाकक्षमा गजल गोष्ठी आयोजना गरिएको हो ।


गोष्ठीमा नेपाली तथा उर्दु भाषाका २५ जनाभन्दा बढी साहित्यकार तथा स्रष्टाले आ–आफ्ना गजल तथा साहित्यिक रचना वाचन गरेका थिए । कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सनत रेग्मी, खगेन्द्र गिरी ‘कोपिला’, सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’, हरि तिमिल्सिना, सरवर नेपाली, मेराज अहमद हिमालय, मो. आरिफ अन्सारी, मीना सुवेदी ढकाल, हरि सुवेदी, विष्णुलाल कुमाल, नुरुल हसन राई, साहिदा शाह वाहिदी, ज्याउल हक हल्वाई, अनिश शाह, समीर अली, ऋचा लुईंटेल, कपिल अन्जान, प्रा. डा. कृष्णप्रसाद घिमिरे, नरेन्द्रबहादुर स्वाँर, खेम बगर, वकील परिवर्तन, लेखप्रसाद प्याकुरेल, अर्चना पाठक, जमील हाशमी र नसीम कादरीलगायत साहित्यकारले रचना वाचन गरेका थिए ।


कार्यक्रममा मोतीराम भट्टको साहित्यिक योगदानबारे प्राज्ञ तथा साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, प्राज्ञ किरण आचार्य, सरवर नेपाली र हरि तिमिल्सिनाले चर्चा गरेका थिए ।
उर्दु भाषाका वरिष्ठ शायर तथा गुल्जार–ए–अदबका संस्थापक अब्दुल लतीफ ‘शौक’को प्रमुख आतिथ्यता तथा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ तथा आख्यानकार सनत रेग्मी, प्राज्ञ तथा वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, प्राज्ञ तथा साहित्यकार किरण आचार्य, वरिष्ठ साहित्यकार सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’ तथा नेपालगन्जका पूर्व नगर प्रमुख एवं वरिष्ठ अधिवक्ता विजयकुमार गुप्तालगायत विशिष्ट व्यक्तिको सहभागिता थियो ।

Advertisement

नेपाली, उर्दु, अवधि तथा देउडा साहित्यका विभिन्न विधामा सक्रिय साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा साहित्य, भाषा र संस्कृतिको विविधतालाई एउटै मञ्चमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र महेन्द्र पुस्तकालयका सचिव सतिश निरौलाले सञ्चालन गरेका थिए भने गजल वाचन कार्यक्रमको सञ्चालन गुल्जार–ए–अदबका महासचिव तथा महेन्द्र पुस्तकालयका कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement