जीवनशैली, भर्खरै, व्यापार, समाचार, समाचार

नेपालगञ्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालन

२८, भदौ २०८३ आइतबार 

बाँके, नेपालगञ्ज – एथर नेपालले नेपालमा आफ्नो विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

नेपालगन्जको बसपार्क रोड, न्यू रोड–२ मा स्थापना गरिएको नयाँ एक्सपेरियन्स सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि र सुविधाबारे प्रत्यक्ष जानकारी लिनुका साथै टेस्ट राइडको सुविधा समेत पाउनेछन्।

नयाँ सेन्टरमा एथरका Ather 450 र Ather Rizta लगायतका विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। ग्राहकले स्कुटरको डिजाइन, प्रदर्शन, प्रविधि तथा दैनिक प्रयोगमा यसको व्यवहारिकता प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

एथर नेपालले ग्राहकलाई सहज चार्जिङ तथा बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभर ५० भन्दा बढी फास्ट–चार्जिङ लोकेसन र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

Advertisement

नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा कम्पनीले विशेष ओपनिङ स्किम समेत सार्वजनिक गरेको छ। आगामी ३ असोज २०८३ सम्म लागू हुने योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको एक्स्टेन्डेड ब्याट्री वारेन्टी, ईएमआई खरिदमा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ तथा एक्सचेन्जमा थप ८ हजार रुपैयाँको मूल्यांकन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।

काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख शहरमा विस्तार भइसकेको एथरको एक्सपेरियन्स सेन्टर सञ्जालमा नेपालगन्ज थपिएसँगै पश्चिम नेपालका ग्राहकका लागि विद्युतीय मोबिलिटीको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

एथर नेपालले एक्सपेरियन्स सेन्टर, आधिकारिक सर्भिस सेन्टर र फास्ट–चार्जिङ नेटवर्कमार्फत स्कुटर खरिददेखि सम्पूर्ण ownership journey सम्म ग्राहकलाई भरपर्दो सेवा र सहयोग उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0