भर्खरै, समाचार, समाचार, स्वास्थ

रसुवा बाढीमा घाइते नेपालगन्जकी ललिताको उपचारमा बास नेपालको सहयोग

२५, भदौ २०८३ बिहीबार 

बाँके, नेपालगन्ज –  रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकी नेपालगन्ज उपमहानगरपालिका–१३ की ललिता बर्माको उपचारमा बास नेपालले सहयोग गरेको छ।


बाढीमा घाइते भएको १५ दिनसम्म उपचारका लागि कतैबाट सहयोग नपाएकी बर्मालाई बास नेपालले उपचार खर्चमा सहयोग गरेको हो। बास नेपालको सहयोगपछि उनको वेस्टर्न हस्पिटल, नेपालगन्जमा उपचार भइरहेको छ।

उपचारपछि चिकित्सकले बर्मालाई स्वास्थ्य परीक्षण तथा फलोअपका लागि एक सातापछि पुनः अस्पताल आउन सुझाव दिएका छन्। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।


उपचारका लागि सहयोग पाएपछि बर्माले बास नेपालप्रति आभार व्यक्त गरेकी छन्। उनले आफ्नो स्वास्थ्य अवस्थाबारे निरन्तर फोनमार्फत जानकारी लिइरहेका बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहलाई विशेष धन्यवाद दिएकी छन्।

Advertisement

बर्माले बाढीमा घाइते भएको १५ दिनसम्म पनि उपचारका लागि सहयोग नपाएको अवस्थामा बास नेपालले सहयोग गरेर उपचारमा सहजता प्रदान गरेको बताइन्।

विपद्का कारण घाइते तथा प्रभावित नागरिकलाई उपचारसहित मानवीय सहयोग आवश्यक भइरहेका बेला बास नेपालले गरेको सहयोगले बर्माको उपचारमा राहत पुगेको छ। चिकित्सकको सल्लाहअनुसार उनको थप उपचार तथा फलोअप अघि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement