जीवनशैली, भर्खरै, समाचार, समाचार

मस्जिदबाटै राहत अभियान, सुनसरी मुस्लिम समाजद्वारा ६२ लाख बढी सहयोग

२५, भदौ २०८३ बिहीबार 

बाँके, नेपालगञ्ज – रसुवा, भोटेकोशी तथा नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सुनसरीका मुस्लिम समुदायले ६२ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।


नेपाली मुस्लिम समाज, सुनसरीको समन्वयमा विभिन्न मस्जिद, मदरसा, निजी विद्यालय, संघ–संस्था तथा व्यक्तिहरूबाट संकलित रु. ६२ लाख ४५ हजार ४९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि संकलित यो रकम सुनसरी मुस्लिम समाजको मानवीय सहयोग अभियानअन्तर्गत संकलन गरिएको बताइएको छ।

Advertisement

मुस्लिम समुदायका विभिन्न मस्जिद, मदरसा, विद्यालय, संघ–संस्था तथा व्यक्तिगत दाताहरूको साझा प्रयासबाट संकलित रकमले विपत्तिको समयमा मानवीय सहयोग, राष्ट्रिय एकता र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

धर्म फरक भए पनि विपत्तिको समयमा सबै नेपाली एक भएर पीडितको साथमा उभिनुपर्ने सन्देशसहित सञ्चालन गरिएको यो अभियानलाई हालसम्मकै ठूलो सहयोगमध्ये एकका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement