जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

एम.भी. दुगड ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

२२, भदौ २०८३ सोमबार 

काठमाडौं –  रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एम.भी. दुगड ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।


एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। सहयोगमा ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक योगदानसमेत समावेश रहेको जनाइएको छ।


ग्रुपले भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ। विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ।

Advertisement

ग्रुपले जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै वातावरण संरक्षणलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। वि.सं. २०७८ सालदेखि देशव्यापी वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको र हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी तथा राजमार्ग, विद्यालय, प्रहरी र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी बिरुवा रोपेर संरक्षण गरिएको ग्रुपले जनाएको छ।

एम.भी. दुगड ग्रुपले आगामी दिनमा पनि वृक्षारोपण तथा वातावरण संरक्षणका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement