भर्खरै, राजनीति, समाचार, समाचार

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

०९, भदौ २०८३ मगंलवार 

बाँके, नेपालगञ्ज – गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जनाएको छ। सोहीअनुसार उक्त दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको हो।

यसअघि २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। मुस्लिम आयोगबाट मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी प्राप्त भएपछि गृह मन्त्रालयले सोही व्यवस्थाअनुसार बिदा घोषणा गरेको हो।

Advertisement

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई बिदासम्बन्धी जानकारी गराइएको छ। साथै मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement