०७, भदौ २०८३ आइतबार
बाँके, नेपालगञ्ज – लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले बाँकेको जानकी गाउँपालिका–३ निवासी धर्मराज वर्मालाई आफ्नो जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन्।

मन्त्री अहिरले २०८३ साउन ३ गते जारी गरेको नियुक्तिपत्रअनुसार वर्मालाई मन्त्रीको सचिवालयमा कामकाज गर्ने गरी अवैतनिक जनसम्पर्क सल्लाहकार पदमा नियुक्त गरिएको हो।
नियुक्तिपत्रमा मन्त्री पदमा बहाल रहँदासम्म वर्माले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने विश्वाससहित जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।
वर्मालाई लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयसँग सम्बन्धित जनसम्पर्क तथा समन्वयका विषयमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

