भर्खरै, व्यापार, समाचार, समाचार

नेपालगञ्जमा रोयल होम इन्टेरियर डेकोर सञ्चालनमा

०७, भदौ २०८३ आइतबार 

बाँके, नेपालगञ्ज  – नेपालगञ्जको सुर्खेत रोडमा रोयल होम इन्टेरियर डेकोर आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। घर तथा कार्यालयलाई आधुनिक, आकर्षक र व्यवस्थित बनाउन आवश्यक विभिन्न इन्टेरियर डेकोर सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको हो।


सञ्चालक आरिफ खानका अनुसार ग्राहकको आवश्यकता र रुचिअनुसार गुणस्तरीय तथा आधुनिक इन्टेरियर डेकोर सेवा उपलब्ध गराइनेछ। रोयल होम इन्टेरियर डेकोरमा मोड्युलर भान्सा, बैठक कोठा सजावट, फल्स सिलिङ, थ्रीडी वालपेपर, लुभर प्यानल, पीभीसी प्यानल, यूभी मार्बल सिट लगायतका विभिन्न सेवा उपलब्ध हुनेछन्।

Advertisement


सञ्चालक खानले घर तथा कार्यालयको सौन्दर्य र आकर्षण बढाउन चाहने ग्राहकलाई गुणस्तरीय सामग्री र उचित मूल्यमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रोयल होम इन्टेरियर डेकोर सञ्चालनमा आएसँगै नेपालगञ्जमा आधुनिक इन्टेरियर सेवाको विकल्प थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement