२५, साउन २०८३ सोमबार
बाँके, नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघको उद्योगतर्फ उपाध्यक्ष पदमा कमल कार्की निर्विरोध निर्वाचित भएका छन्।
उद्योगतर्फ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका लोकेन्द्र अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै कार्की निर्विरोध निर्वाचित भएका हुन्।

संघको निर्वाचनका लागि अर्याल र कार्कीले उद्योगतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए। अर्यालले उम्मेदवारी फिर्ता लिएपछि कार्कीको मात्रै उम्मेदवारी कायम रहेकाले उनी निर्विरोध भएका हुन्।
यसअघि नै संघको वाणिज्यतर्फ उपाध्यक्ष पदमा विष्णुप्रसाद श्रेष्ठ निर्विरोध भइसकेका छन्।
निर्वाचन समितिका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। यस अवधिमा थप एक सदस्यले समेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौ ६ गते हुँदैछ। तीन संगठनले सहमतिका आधारमा उम्मेदवार अघि सारे पनि कमल कार्कीले भने छुट्टै उम्मेदवारी दर्ता गराएका थिए।

