खेलकुद, जीवनशैली, भर्खरै, मनोरञ्जन, समाचार, समाचार, स्वास्थ

क्रिकेटप्रेमी समाजसेवी राजा खान नेपालगञ्जद्वारा स्थानीय खेलाडीलाई ब्याट सहयोग

२५, साउन २०८३ सोमबार 

बाँके, नेपालगञ्ज –  क्रिकेट खेलप्रति आफ्नो निरन्तर सहयोग र प्रोत्साहन गर्दै आएका समाजसेवी राजा खानले नेपालगञ्जका स्थानीय क्रिकेट खेलाडी सलाहुद्दीन खानलाई क्रिकेट ब्याट सहयोग गरेका छन्।

बाँकेका प्रतिभाशाली क्रिकेट खेलाडी सलाहुद्दीन खान आगामी एनपीएल (नेपाल प्रिमियर लिग) सिजन–३ को अक्सनका लागि तयारीमा छन्।

एनपीएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टमार्फत चितवन राइनोजमा स्थान बनाउन सफल भएका सलाहुद्दीनले अब सिजन–३ को अक्सनमार्फत पुनः एनपीएलमा आफ्नो स्थान बनाउने लक्ष्य राखेका छन्।

मेहनत, लगनशीलता र निरन्तर अभ्यासका साथ क्रिकेटमा आफ्नो पहिचान बनाउँदै आएका सलाहुद्दीनलाई आगामी अक्सनमा सफलता मिलोस् भन्दै समाजसेवी राजा खानले शुभकामना व्यक्त गरेका छन्।

उनले स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सहयोग र हौसला प्रदान गर्नु सबैको साझा दायित्व भएको बताए।

Advertisement

राजा खानले यसअघि पनि नेपालगञ्ज, खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा बाँकेका विभिन्न स्थानीय तहका क्रिकेट खेलाडीहरूलाई खेल सामग्री तथा अन्य सहयोग गर्दै आएका छन्। स्थानीय खेलाडीको प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्न प्रेरित गर्ने उद्देश्यले आफ्नो तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताइएको छ।

खेलकुद क्षेत्रसँगै विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा समेत सक्रिय योगदान दिँदै आएका राजा खानको सहयोगले स्थानीय खेलाडीहरूलाई थप हौसला मिलेको छ।

सलाहुद्दीन खानले आगामी एनपीएल अक्सनमा आफूलाई प्रमाणित गर्दै बाँकेको क्रिकेट प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएका छन्।

Advertisement

“क्रिकेट क्षेत्रको विकास र स्थानीय खेलाडीको प्रतिभा प्रवर्द्धनका लागि आगामी दिनहरूमा पनि आफ्नो साथ, सहयोग र हौसला निरन्तर रहनेछ,” समाजसेवी राजा खानले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0