भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

पैगम्बर हजरत मुहम्मदको जन्मोत्सवमा मक्का मस्जिदले स्वास्थ्य शिविर र फलफूल वितरण गर्ने

२३, साउन २०८३ शनिबार 

बाँके, नेपालगञ्ज – मक्का मस्जिद व्यवस्थापन समितिले पैगम्बर हजरत मुहम्मदको जन्मोत्सवको अवसरमा स्वास्थ्य शिविर सञ्चालन तथा फलफूल वितरण गर्ने निर्णय गरेको छ।


आज मिति २०८३ साल श्रावण २३ गते समितिका अध्यक्ष श्री खलिल मियाँको अध्यक्षतामा बसेको बैठकले पैगम्बर हजरत मुहम्मदको शान्ति, सद्भाव, सेवा तथा मानव कल्याणको सन्देशलाई जनसमुदायमा प्रवाह गर्ने उद्देश्यले विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकले आगामी २०८३ साल भदौ ६ गते शनिबार मक्का मस्जिद परिसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य शिविर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ।

Advertisement

त्यस्तै, पैगम्बर हजरत मुहम्मदको जन्मोत्सवकै अवसरमा भेरी अस्पताल, नेपालगञ्जमा बिरामी तथा सेवाग्राहीलाई फलफूल वितरण गर्ने निर्णयसमेत गरिएको समितिले जनाएको छ।

मक्का मस्जिद व्यवस्थापन समितिले सामाजिक सद्भाव, मानवीय सेवा र समुदायको स्वास्थ्यप्रति आफ्नो दायित्वलाई प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement