११, साउन २०८३ सोमबार
बाँके, नेपालगन्ज – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपालगन्जमा आफ्नो नयाँ आधिकारिक सोरुम उद्घाटन गर्दै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ विद्युतीय गाडी सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार प्रोटोन ब्रान्डको नेपालमा दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ आधुनिक प्रविधि, स्मार्ट फिचर र आकर्षक डिजाइनसहित सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको हो।

हालै मलेसियाको Allianz DSF Vehicle of the Year Awards 2026 मा ‘Electric Compact Vehicle of the Year 2026’ उपाधि प्राप्त गर्न सफल यो गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ७० लिटरको फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने लगेज कम्पार्टमेन्ट तथा ३२ वटा स्टोरेज स्पेस जस्ता सुविधा रहेका छन्।

सोरुम उद्घाटन तथा गाडी सार्वजनिक कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, वडा नं. ६ का अध्यक्ष जगदिश हरिजन, अटोमोबाइल एसोसिएसन अफ बाँकेका अध्यक्ष, व्यवसायिक साझेदार, अटो व्यवसायी, सञ्चारकर्मी, पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले नेपालगन्जका ग्राहकमाझ इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधि, उच्च सुरक्षा, व्यावहारिक उपयोगिता र प्रतिस्पर्धी मूल्यका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गर्नुभयो।

कम्पनीले आइतबार धनगढीपछि सोमबार नेपालगन्जमा नयाँ सोरुम सञ्चालनमा ल्याएको जानकारी दिँदै आगामी दिनमा देशका अन्य प्रमुख शहरहरूमा पनि सोरुम विस्तार गर्दै इ.मास ५ को क्षेत्रीय सार्वजनिककरणलाई निरन्तरता दिने जनाएको छ।
प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ। नेपालगन्ज सार्वजनिककरणको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको रु. ३४ लाख ९९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ। यी विशेष मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछन्।

कम्पनीका अनुसार इच्छुक ग्राहकहरूले अब नेपालगन्जस्थित नयाँ आधिकारिक सोरुममा पुगेर गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सक्नेछन्।

