खेलकुद, जीवनशैली, भर्खरै, मनोरञ्जन, शिक्षा, समाचार, समाचार, स्वास्थ

छोरीको जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै समाजसेवी राजा खानद्वारा वृक्षारोपण र शैक्षिक सामग्री वितरण

१०, साउन २०८३ आइतबार 

बाँके, नेपालगञ्ज – समाजसेवी राजा खानले आफ्नी छोरीको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नेपालगञ्जका विभिन्न सार्वजनिक तथा धार्मिक स्थलमा वृक्षारोपण तथा विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित वडा कार्यालय परिसरमा ट्री गार्डसहित वृक्षारोपण गरिएको थियो। त्यसैगरी वडा नं. २२ स्थित राम जानकी मन्दिर तथा कान्तिताल परिसरमा पनि वृक्षारोपण गरिएको छ। यस्तै वडा नं. ४ स्थित मदिना मस्जिद परिसरमा समेत वृक्षारोपण गरी वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक सद्भावको सन्देश प्रवाह गरिएको छ।

यसै अवसरमा नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम तथा विद्यालय ब्याग वितरण गरिएको थियो।

विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले समाजसेवी राजा खानको कार्यको खुलेर प्रशंसा गर्दै जन्मदिनजस्तो विशेष अवसरलाई समाजसेवा, शिक्षा र वातावरण संरक्षणसँग जोड्नु अनुकरणीय कार्य भएको बताइन्।

उनले यस्ता सामाजिक अभियानले विद्यार्थीहरूमा सकारात्मक प्रेरणा जगाउने विश्वास व्यक्त गरिन्।

Advertisement

कार्यक्रमका आयोजक समाजसेवी राजा खानले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजका लागि उपयोगी कार्यमार्फत मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उनले वातावरण संरक्षण, शिक्षा प्रवर्द्धन तथा सामाजिक सद्भाव अभिवृद्धिमा यस्ता अभियानले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

Advertisement

कार्यक्रममा नगर स्तरीय युवा क्लब सञ्जालका आनन्द कुमार वर्मा, मिथलेस पासी, सालिया हस्मिन, विपिन शुक्ला, पप्पु यादव, सुस्मिता सिंह ठाकुर तथा एकता वर्माको सक्रिय सहयोग तथा सहभागिता रहेको थियो।

स्थानीयवासीले पनि यस्ता सामाजिक तथा वातावरणमैत्री अभियानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0