जीवनशैली, भर्खरै, समाचार, समाचार

अछामी सेवा समाज नेपालगञ्ज–बाँकेको २१औँ स्थापना दिवसमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

०९, साउन २०८३ शनिबार 

बाँके, नेपालगञ्ज –  अछामी सेवा समाज नेपालगञ्ज–बाँकेको २१औँ स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अछामी सेवा समाज नेपालगञ्ज–बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी भइ रक्तदानजस्ता मानवीय सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन्।

उनले रक्तदानलाई जीवनदानसँग जोडिएको महान् कार्य भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुपानन्द अधिकारी, अछामी सेवा समाजका निवर्तमान अध्यक्ष टेकबहादुर खड्का, समाजका सल्लाहकार विष्णुबहादुर बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रक्तदानको महत्व र सामाजिक उत्तरदायित्वबारे प्रकाश पारे।

Advertisement

सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै रक्त सञ्चार केन्द्रमा रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक अछामी सेवा समाज का उपाध्यक्ष विष्णु बहादुर बोगटी वहाँले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अछामी सेवा समाज नेपालगञ्ज–बाँकेका सचिव भुपालमान बिष्टले गरेका थिए।

Advertisement

उक्त रक्तदान कार्यक्रममा करिब ५१ पिन्ट रगत संकलन गरीएको थियो।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0