जीवनशैली, भर्खरै, व्यापार, समाचार, समाचार

नेपाल कपडा तथा सिलाई व्यवसाय सङ्घ बाँकेको अध्यक्षमा टोपबहादुर दमाई निर्वाचित

३२, असार २०८३ बिहीबार 

बाँके, कोहलपुर –  नेपाल कपडा तथा सिलाई व्यवसाय सङ्घ बाँकेको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ। अधिवेशनले टोपबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।


नवनिर्वाचित कार्यसमितिले कपडा तथा सिलाई व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन, सीप विकास तथा व्यवसायीबीच एकता र सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनमा विभिन्न तहका व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसायीहरूले वर्तमान चुनौती, व्यवसाय प्रवर्द्धनका उपाय तथा संगठनलाई थप सशक्त बनाउने विषयमा छलफल गरेका थिए।

Advertisement


नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहसंयोजक शालिकराम नगबागले अधिवेशनबाट टोपबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको जानकारी दिएका छन्।

उनले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको साझा हितका लागि प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement