भर्खरै, व्यापार, समाचार, समाचार

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगी प्रतिनिधित्व हटाउने निर्णयको नेपालगन्जमा विरोध

१, साउन २०८३ शुक्रबार 

बाँके, नेपालगन्ज – नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

 

महासंघको केन्द्रीय सर्कुलरअनुसार देशभरका औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले उक्त निर्णयको विरोध गरिरहेका छन्।

सोही अभियानअन्तर्गत नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगीहरूले पनि सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व पुनः सुनिश्चित गर्न माग गरेका छन्।

नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघका अध्यक्ष अब्दुल वाहिद अन्सारीले उद्योगीहरूको प्रत्यक्ष सरोकार रहने संस्थाको सञ्चालक समितिबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाउनु उद्योगमैत्री वातावरण विपरीत भएको बताए।

Advertisement

उनले उद्योगीहरूको अनुभव, सुझाव र सहभागिताबिना औद्योगिक क्षेत्रको प्रभावकारी व्यवस्थापन सम्भव नहुने उल्लेख गर्दै सरकारले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले उद्योगीहरूको प्रतिनिधित्व हटाउने निर्णयले सरकार र निजी क्षेत्रबीचको सहकार्य कमजोर बन्ने भन्दै उद्योगीहरूको आवाजलाई सम्बोधन गर्दै सञ्चालक समितिमा पुनः प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

महासंघले देशभरका सदस्य संस्थामार्फत सरकारसमक्ष निर्णय सच्याउन दबाब सिर्जना गर्ने जनाएको छ भने नेपालगन्जका उद्योगीहरूले पनि आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0