१३, असार २०८३ शनिबार
नेपालगञ्ज, बाँके – मोहरमको आठौँ दिनको पावन अवसरमा गोल्डेन एबीसी एकेडेमी बाँके हाई स्कुल, नेपालगञ्जका संस्थापक विकास बहादुर सिंहले स्थानीय युवाहरूलाई टी–शर्ट वितरण गर्नुभएको छ।

समुदायमा आपसी सद्भाव, सामाजिक एकता तथा युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दर्जनौँ युवा सहभागी भएका थिए। टी–शर्ट वितरणमार्फत मोहरमको सन्देशलाई अझ सकारात्मक रूपमा समुदायसम्म पुर्याउने प्रयास गरिएको संस्थापक सिंहले बताउनुभयो।

कार्यक्रमपछि सिंहले सहयोग गर्ने सम्पूर्ण युवा साथी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै नेपालगञ्जमा सधैँ सामाजिक सद्भाव, भाइचारा र एकता कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

स्थानीय युवाहरूले पनि यस्ता सामाजिक तथा प्रेरणादायी कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।


