जीवनशैली, भर्खरै, मनोरञ्जन, शिक्षा, समाचार, समाचार, स्वास्थ

जोहाङस्थित सरस्वती माविका २४४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, पूर्वाधार विकासका लागि ८ लाख सहयोग

०८, असार २०८३ सोमबार 

गुल्मी, जोहाङस्थित — One Step Foundation र कमल शर्मा फाउन्डेसनको संयुक्त सहकार्यमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६, जोहाङस्थित श्री सरस्वती माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा २४४ थान विद्यालय झोला, २४४ दर्जन पेन, २४४ दर्जन पेन्सिल, कपीलगायत आवश्यक शैक्षिक सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे, प्रधानाध्यापक छबिलाल भण्डारी, सहायक प्रधानाध्यापक शशीधर गौतमसहित जनप्रतिनिधि तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र उत्साहले आफूहरूलाई सामाजिक सेवामा अझ सक्रिय भएर लाग्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।

Advertisement

त्यसैगरी, कमल शर्मा फाउन्डेसनकी संस्थापक सरिता शर्माले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ८ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन्। उक्त सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार तथा आवश्यक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

शिक्षामा गरिएको लगानी नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै आयोजक संस्थाहरूले यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, विद्यालय परिवार तथा स्थानीय समुदायप्रति आयोजक संस्थाहरूले आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0