जीवनशैली, शिक्षा, समाचार, समाचार

महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि तीनदिने तालिम सम्पन्न

०८, असार २०८३ सोमबार 

बाँके, नेपालगञ्ज — महिला पत्रकारहरूको व्यावसायिक दक्षता, ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा सञ्चालन गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ।


सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा असार ५ गतेदेखि सञ्चालन भएको तालिममा २५ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो।


समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्माले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिम प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै यस्ता कार्यक्रमले पत्रकारहरूको व्यावसायिक दक्षता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूमा सहकार्य गर्न कार्यालय तयार रहेको उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले तालिममा समेटिएका विषयवस्तुहरू समयानुकूल र उपयोगी रहेको बताउँदै प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। उनले यसले पत्रकारिताको गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

Advertisement


बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले पत्रकारितामा तथ्य, निष्पक्षता र विश्वसनीयताको महत्वबारे प्रकाश पार्दै समाजले समाचारप्रति उच्च विश्वास गर्ने भएकाले सत्य र तथ्यमा आधारित सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।


कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको उद्देश्य, विषयवस्तु तथा उपलब्धिबारे जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन निर्देशक हेमराज भट्टले गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको तालिममा ६ जना प्रशिक्षकहरूले समाचार लेखन, फिचर तथा खोजमूलक पत्रकारिता, पत्रकार आचारसंहिता, डिजिटल सुरक्षा तथा नेतृत्व विकासलगायतका विषयमा सहजीकरण गरेका थिए।

Advertisement

महिला पत्रकारहरूको पेशागत क्षमता, आत्मविश्वास तथा नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम सहभागीहरूका लागि ज्ञान, अनुभव र सिकाइ आदानप्रदानको महत्वपूर्ण अवसर बनेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0