खेलकुद, भर्खरै, समाचार, समाचार

‘माननीय मिना कुमारी बोहरा सिद्दिकी टी–१० क्रिकेट प्रतियोगिता २०८३’ को फाइनल असार ७ मा

०५, असार २०८३ शुक्रबार 

बाँके, नेपालगञ्ज –  नेपालगञ्ज उपमहानगरपालिकाका १९ वटै वडाका क्रिकेट टोलीहरूको सहभागितामा सञ्चालन भइरहेको ‘माननीय मिना कुमारी बोहरा सिद्दिकी टी–१० क्रिकेट प्रतियोगिता २०८३’ को फाइनल खेल असार ७ गते आइतबार हुने भएको छ। उपाधिका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ र वडा नम्बर २३ का टोली आमनेसामने हुनेछन्।

आयोजक ज्योति स्पोर्ट्स एकेडेमी, नेपालगञ्ज–बाँके का अनुसार सेमिफाइनलमा वडा नम्बर २३ ले वडा नम्बर ३ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यस्तै, अर्को सेमिफाइनलमा वडा नम्बर १२ ले वडा नम्बर ६ लाई हराउँदै उपाधि नजिक पुगेको हो।

नगरका १९ वटै वडाका टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो ३ बजे नेपालगञ्जस्थित एम.पी. स्कूलको खेल मैदानमा हुनेछ। प्रतियोगिताले नगरस्तरीय क्रिकेट गतिविधिलाई थप उचाइ दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

Advertisement

युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने, क्रिकेट खेलको विकासमा योगदान पुर्‍याउने तथा विभिन्न वडाबीच आपसी सद्भाव, एकता र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेता टोलीलाई ३ लाख रुपैयाँ र उपविजेता टोलीलाई २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन नेपालगञ्ज उपमहानगरपालिका–५ का युवा नेता तथा समाजसेवी अस्फाक अन्सारी को विशेष पहल, सक्रियता तथा समन्वय रहेको आयोजकको भनाइ छ।

Advertisement

फाइनल खेल तथा समापन समारोहमा खेलप्रेमी, खेलाडी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाउन आयोजकले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0