जीवनशैली, भर्खरै, राजनीति, समाचार, समाचार, स्वास्थ

रक्तदान, स्वास्थ्य शिविर र सम्मान कार्यक्रमबीच यादव सेवा केन्द्रमा सोहनलालको नेतृत्व

१७, जेष्ठ २०८३ शनिबार 

बाँके, नेपालगञ्ज – नेपालगञ्जमा सम्पन्न यादव सेवा केन्द्र केन्द्रीय कार्यसमितिको पाँचौँ अधिवेशनले अध्यक्षमा सोहनलाल यादव तथा महासचिवमा मिश्रिलाल यादवलाई निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ । सामाजिक एकता, संगठन सुदृढीकरण र समुदायको विकासलाई केन्द्रमा राखेर आयोजित अधिवेशन विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।


अधिवेशनअन्तर्गत रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच शिविर तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो । रक्तदानमार्फत मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो भने स्वास्थ्य शिविरमा सहभागीहरूले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए । साथै समाज, शिक्षा, खेलकुद, सामाजिक सेवा र विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल यादव महासंघका अध्यक्ष भुनेश्वर यादवले नयाँ नेतृत्वलाई बधाई दिँदै यादव समुदायको एकता, शिक्षा, सामाजिक रूपान्तरण तथा नेतृत्व विकासका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्न आग्रह गर्नुभयो । उहाँले यादव सेवा केन्द्र समुदायको साझा आवाजका रूपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले सोहनलाल यादवको लामो सामाजिक योगदान, सक्रियता र समुदायमा रहेको लोकप्रियताका कारण उहाँ सर्वसम्मत रूपमा नेतृत्वमा चयन भएको बताउनुभयो ।

Advertisement


त्यसैगरी पूर्वमन्त्री विजयबहादुर यादवले नयाँ कार्यसमितिप्रति शुभकामना व्यक्त गर्दै यादव समुदायको हित, युवापुस्ताको सशक्तीकरण र सामाजिक सद्भावका क्षेत्रमा संस्थाले अझ सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अधिवेशनमा लुम्बिनी प्रदेश सांसद भण्डारी यादव, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, राम सुरेश यादव, राजु यादव, वीरेन्द्र यादव, दाङ यादव समाजका अध्यक्ष हिरालाल यादव, डा. श्यामसुन्दर यादव, सुरेश कुमार पर्सैला, संस्थापक सल्लाहकार बलराम यादव, टिकानाथ यादव, दयाराम यादवलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


नवनिर्वाचित अध्यक्ष सोहनलाल यादवले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै यादव समुदायको हकहित, शिक्षा, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका लागि सबैलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।


पाँचौँ अधिवेशनले नयाँ नेतृत्व चयनसँगै सामाजिक सेवा, समुदायिक एकता र संस्थागत विकासको अभियानलाई थप बल पुगेको सहभागीहरूले बताएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0