भर्खरै, राजनीति, समाचार, समाचार

“जानकी–६ बाट रास्पा को शक्ति प्रदर्शन बिपेन्द्र लामा ‘कालू’को सक्रियतासँगै बाँकेको राजनीति तातियो”

२६, बैशाख २०८३ शनिबार 

बाँकेको जानकी गाउँपालिका–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गाउँ तहसम्म संगठन विस्तारलाई तीव्र बनाउँदै पार्टीले अब स्थानीय राजनीतिमा आफ्नो प्रभावशाली उपस्थिति देखाउन थालेको संकेत दिएको छ।


अधिवेशन स्थल निलो–सेतो पार्टी रङले सजिएको थियो भने युवा पुस्ताको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। स्थानीय कार्यकर्ता, समर्थक तथा नेताहरूको बाक्लो उपस्थितिले जानकी–६ को राजनीतिक माहोल नै तातिएको देखिन्थ्यो।


कार्यक्रमलाई सफल बनाउन Rapid Action Team बाँके जिल्ला प्रमुख बिपेन्द्र लामा ‘कालू’ को सक्रिय भूमिका उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्। संगठन सुदृढीकरण, युवालाई राजनीतिमा सक्रिय बनाउने अभियान तथा पार्टीलाई वडा तहसम्म मजबुत बनाउने रणनीतिमा उनले प्रभावकारी नेतृत्व देखाएको चर्चा कार्यक्रमभर सुनिएको थियो।

Advertisement


त्यस्तै पार्टीका सल्लाहकार अफ्जल जरगर ले “अब जनताले पुरानो शैली होइन, परिणाम दिने नेतृत्व खोजिरहेका छन्” भन्दै नयाँ राजनीतिक सोच र व्यवहारिक नेतृत्वको आवश्यकता औंल्याएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी ले वडा–वडामा संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला जानकी–६ मा सम्पन्न यो अधिवेशनलाई बाँकेको राजनीतिमा नयाँ शक्ति उदाएको संकेतका रूपमा हेरिएको छ। अहिले “अब गाउँदेखि शहरसम्म रास्पा को एक्सन सुरु!” भन्ने चर्चा सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म व्यापक रूपमा फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Advertisement