खेलकुद, जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

नेपालगन्जमा बैकर्स एण्ड ब्रदर्स च्याम्पियन : तुलसीपुरलाई २–१ ले हराउँदै भेट्रान कप उपाधि

१६, बैशाख २०८३ बुधबार 

बाँके, नेपालगन्ज – नेपालगन्जमा जारी एफसी संघारीको आयोजनामा सम्पन्न भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैकर्स एण्ड ब्रदर्सले जितेको छ।


फाइनल खेलमा बैकर्स एण्ड ब्रदर्सले दाङको टोली तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।

उपाधिसँगै विजेता बैकर्सले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता तुलसीपुरले २५ हजार रुपैयाँमा सीमित रह्यो।
व्यक्तिगत विधातर्फ बैकर्सका यदुनाथ खनाल उच्च स्कोरर घोषित भए भने अभिजित सिंह उत्कृष्ट खेलाडी बने। उत्कृष्ट गोलकिपरको पुरस्कार भने तुलसीपुरका नवीन देवकोटाले हात पारे।

Advertisement


प्रतियोगितामा बाँके, बर्दिया र दाङका गरी १८ वटा टोलीको सहभागिता रहेको थियो। ३५ वर्षमाथिका खेलाडीहरू सहभागी भएको यो प्रतियोगिता बाँके जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको भेट्रान फुटसल प्रतियोगिता रहेको आयोजकले जनाएको छ।


त्यसैगरी, प्रतियोगितामा नेपालगन्जका समाजसेवी तथा विदेशमा बसोबास गर्दै आएका राजा खानको आर्थिक सहयोगसमेत रहेको आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement