जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार

हरपुरमा लाखौं श्रद्धालुबीच इज्तिमा सम्पन्न, देशको सुख–शान्तिका लागि विशेष दुआ

१४, बैशाख २०८३ सोमबार 

बारा – बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँ केही दिनयता आस्था र आध्यात्मिकताले भरिएको केन्द्र बन्यो। मुस्लिम समुदायद्वारा आयोजित पवित्र धार्मिक कार्यक्रम ‘इज्तिमा’ आज लाखौं श्रद्धालुको अभूतपूर्व उपस्थितिबीच भव्य रूपमा सम्पन्न भएको छ।


समापनको अवसरमा देशको सुख, शान्ति, उन्नति र समृद्धिका लागि सामूहिक रूपमा गरिएको विशेष दुआले सम्पूर्ण वातावरण भावुक र श्रद्धामय बनेको थियो। कार्यक्रममा सहभागी धर्मगुरुहरूले समाजमा सहिष्णुता, सद्भाव र आपसी भाइचारालाई अझ बलियो बनाउनुपर्ने सन्देश दिएका थिए।


नेपालका विभिन्न कुनाकाप्चादेखि मात्र नभई छिमेकी मुलुकबाट समेत आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले हरपुरलाई केही दिनमै अन्तर्राष्ट्रिय स्तरको धार्मिक केन्द्रजस्तै बनाएको थियो। गाउँका सडक, चोक र खुला मैदानहरू श्रद्धालुको भीडले भरिएका थिए, जहाँ हरेक अनुहारमा आस्था र विश्वास झल्किन्थ्यो।

Advertisement


इज्तिमा इस्लाम धर्मावलम्बीहरूको एक महत्वपूर्ण धार्मिक जमघट हो, जसले धर्मप्रचार, आत्मिक शुद्धता र सामूहिक प्रार्थनालाई विशेष महत्व दिन्छ। हरपुरमा सम्पन्न यस वर्षको इज्तिमाले धार्मिक एकता र सामाजिक सद्भावको सशक्त सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement