भर्खरै, राजनीति, समाचार, समाचार

अमेरिका–इरान शान्ति वार्ताः इस्लामाबादमा उच्चस्तरीय कूटनीतिक जमघट

२८, चैत २०८२ शनिबार 

इस्लामाबाद – अमेरिकासँग हुने सम्भावित शान्ति वार्ताका लागि इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ। BBC Urdu का अनुसार पाकिस्तानको विदेश मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।


इरानी टोलीलाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार ले नुर खान विमानस्थलमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख सैयद असिम मुनिर तथा आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी समेत सहभागी रहेका थिए।

इरानी पक्षको प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले गरेका छन्। टोलीमा विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती सहित संसद्का अन्य सदस्यहरू पनि सहभागी छन्।

Advertisement

उता अमेरिकी वार्ता टोलीको नेतृत्व अमेरिकाका उपराष्ट्रपति जेडी भान्स ले गर्ने जनाइएको छ।

यस वार्तालाई मध्यपूर्व क्षेत्रको तनाव घटाउने सम्भावित प्रयासका रूपमा हेरिएको छ। पाकिस्तानको मध्यस्थतामा हुन लागेको यो संवादले अमेरिका–इरान सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement