२७, चैत २०८२ शुक्रबार
बाँके, नेपालगञ्ज — जानकी गाउँपालिका वडा नं. ३ को आयोजनामा सञ्चालन भएको ‘राजकुमार बर्मा टी–१२ क्रिकेट टुर्नामेन्ट’को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को टिमले जितेको छ। करिब २८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा वडा नं. ८ नेपालगन्ज र जानकी गाउँपालिका वडा नं. ३ का टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

अन्ततः उत्कृष्ट प्रदर्शन गर्दै नेपालगन्ज टिम विजयी बन्न सफल भयो। विजेता टिमलाई ट्रफीसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको छ।

रमुवापुर स्पोर्ट क्लबको सञ्चालनमा भएको उक्त प्रतियोगिता समापन समारोह जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षसहित विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी तथा स्थानीय अगुवाहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलप्रति आकर्षण बढाउनुका साथै युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


