भर्खरै, शिक्षा, समाचार, समाचार

श्री आदर्श मा.वि. राझाँको वि.व्य.स. अध्यक्षमा जयप्रकाश वर्मा ‘चिन्टु’ चयन

२६, चैत २०८२ बिहीबार 

बाँके, नेपालगञ्ज — बाँकेको राझाँस्थित श्री आदर्श माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष पदमा जयप्रकाश वर्मा ‘चिन्टु’ चयन भएका छन्।

उहाँको चयनसँगै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले वर्माको नेतृत्वमा विद्यालयले थप प्रगति गर्ने विश्वास व्यक्त गरेका छन्। उहाँ लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

Advertisement

नवनिर्वाचित अध्यक्ष वर्माले विद्यालयको शैक्षिक स्तर उकास्न, अनुशासन र गुणस्तरीय शिक्षामा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement