जीवनशैली, भर्खरै, मनोरञ्जन, समाचार, समाचार

नयाँ वर्षलाई झनै रंगीन बनाउँदै स्वस्तिक कटेजको धमाकेदार अफर

२४, चैत २०८२ मगंलवार 

बाँके, नेपालगञ्ज — नयाँ वर्ष २०८३ को स्वागतलाई उल्लासमय र स्मरणीय बनाउन धम्बोजी चोकस्थित स्वस्तिक कटेज गार्डेन एण्ड रेस्टुरेन्टले आकर्षक ‘न्यु इयर स्पेसल’ अफर सार्वजनिक गरेको छ। खानपानमा छुटदेखि साङ्गीतिक माहोलसम्मको विशेष संयोजनले यस वर्षको उत्सवलाई अझै विशेष बनाउने अपेक्षा गरिएको छ।

कटेजले चैत ३० गते साँझ ७ बजेदेखि ‘न्यु इयर इभ’ अवसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्दैछ। ‘फ्री इन्ट्री’ सहितको कार्यक्रममा ‘Nonstop DJ Vibes’ को प्रस्तुति रहनेछ, जसले युवापुस्तादेखि परिवारसम्मलाई उत्साहपूर्ण वातावरणमा नयाँ वर्ष मनाउने अवसर दिनेछ।

यस अवसरमा ग्राहकहरूका लागि सबै खाद्य परिकारमा सिधै १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, विभिन्न आकर्षक कम्बो अफरहरू पनि ल्याइएको छ—

१ जम्बो कोकसँगै १ प्लेट फ्रेन्च फ्राई निःशुल्क

बियर तथा अन्य पेय पदार्थमा सानो बोतल वा ग्लास फ्री

२ वटा आइसक्रिम खरिदमा १ वटा निःशुल्क

Advertisement

विशेष रूपमा, ‘नेपालगञ्ज पोस्ट’ का पाठकहरूका लागि थप सुविधा पनि उपलब्ध गराइएको छ। समाचारको स्क्रिनसट देखाउने ग्राहकले अतिरिक्त छुट तथा सम्मानजनक सेवा प्राप्त गर्ने व्यवस्था गरिएको ब्रान्च म्यानेजर दामोदर के.सी. ले जानकारी दिनुभयो।

“हामीले हरेक पर्वलाई विशेष बनाउने प्रयास गर्दै आएका छौं, र यसपटक पनि नयाँ वर्षलाई अझै उत्साहजनक बनाउने लक्ष्य लिएका छौं,” उहाँले भन्नुभयो।

Advertisement

यससँगै कटेजले बैशाख महिनाका विवाह, व्रतबन्ध, जन्मदिन तथा अन्य शुभकार्यका लागि अग्रिम बुकिङ पनि खुला गरेको छ। शान्त गार्डेन वातावरण, आकर्षक साजसज्जा र गुणस्तरीय क्याटरिङ सेवाका कारण स्वस्तिक कटेज उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

थप जानकारी तथा बुकिङका लागि:

९८५८०४९११९ / ९८६६८४०६६० / ०८१-४१५११९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0