जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

नेपालगञ्जमा १९औं विश्व अटिजम सचेतना दिवस : “Autism & Humanity” नारासहित दीप प्रज्वलन

२०, चैत २०८२ शुक्रबार 

बाँके, नेपालगञ्ज – १९औं विश्व अटिजम सचेतना दिवसको अवसरमा “Autism & Humanity” मूल नारासहित उज्यालो फाउन्डेशन प्रा. लि. द्वारा भव्य दीप प्रज्वलन कार्यक्रम नेपालगञ्जको कारकदौ चौकमा सम्पन्न भएको छ।

सूर्यमणि अधिकारी र मुक्तिनाथ ज्ञवाली द्वारा उज्यालो फाउन्डेशन प्रा. लि. दर्ता गरी १९औं अन्तर्राष्ट्रिय अटिजम डे कै दिनलाई आधार मानी संस्थाको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघ (PFPID) का केन्द्रीय सचिव गोकर्ण आचार्य ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

कार्यक्रममा संस्थाका संयोजक सूर्यमणि अधिकारी ले अटिजम भएका बालबालिकाको सिकाइ तथा डे–केयर कक्षा सञ्चालनका लागि नेपालगंजमै थेरापी सेन्टर आवश्यक रहेको विषयमा प्रकाश पार्नुभयो। हाल अभिभावकहरूले आफ्ना बालबालिकालाई उपचार तथा शिक्षाका लागि भारतका ठूला शहर वा काठमाडौं लैजानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै, पश्चिम नेपालमै पहिलोपटक अटिजम थेरापी सेन्टर सहित डे–केयर सेवा सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

Advertisement

यस पहलमा आकार फाउन्डेशन, मोरङ का संस्थापक प्रिसिमा थापा को प्राविधिक सहयोग रहेको छ। यसले विशेष गरी निमुखा तथा आर्थिक रूपमा कमजोर परिवारका अटिजम भएका बालबालिकालाई नेपालगंजमै सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

कार्यक्रमको सहजिकरण अधिवक्ता सुनिता शर्मा ले गर्नु भएको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0