जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

शिवकुमार श्रेष्ठको स्मृतिमा विद्यालयलाई शुद्ध खानेपानी आयोजना हस्तान्तरण

१६, चैत २०८२ सोमबार 

काठमाडौं – समाजसेवामा सक्रिय पूर्णिमा श्रेष्ठले आफ्ना स्वर्गीय पति शिवकुमार श्रेष्ठको स्मृतिमा कैलालीको एक विद्यालयलाई शुद्ध खानेपानी आयोजना हस्तान्तरण गर्नुभएको छ।


गोरखा भिमसेन थापा नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ खुसीबुँ (नयाँ बजार) निवासी श्रेष्ठले श्रीमानको १५औँ वार्षिक पुण्यतिथिको अवसर पारेर कैलालीको जानकी गाउँपालिका–५ पथरैयास्थित श्री बाल विद्या मन्दिर आधारभूत विद्यालयमा ‘Aquapure’ प्रणाली जडान गरी औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।


“स्वास्थ्यका लागि शुद्ध खानेपानी” भन्ने नारासहित जडान गरिएको उक्त प्रणालीबाट अब विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले सुरक्षित र स्वच्छ पानी उपभोग गर्न सक्ने अपेक्षा गरिएको छ। यसले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै पठनपाठन वातावरणसमेत सुधार हुने विश्वास लिइएको छ।


पूर्णिमा श्रेष्ठले विगतका वर्षहरूमा पनि देशका विभिन्न स्थानमा सामाजिक सेवामूलक कार्य गर्दै आउनुभएको छ। उहाँको निरन्तर सामाजिक योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अरूलाई पनि सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

Advertisement


उक्त सहयोगप्रति स्थानीयवासी तथा विद्यालय परिवारले कृतज्ञता व्यक्त गर्दै यसले विद्यार्थीहरूको दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

Advertisement