१४,चैत २०८२ शनिबार
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले उक्त कदमलाई प्रतिशोध नभई न्यायको प्रक्रिया भएको बताएका हुन्। ‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’
गुरुङले अब देशले नयाँ दिशा लिने विश्वास समेत व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ उनले उल्लेख गरेका छन्।
उक्त घटनापछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने देशको समसामयिक राजनीतिक अवस्था थप चासोको विषय बनेको छ।

